नियम १५
लिखत प्रमाण पेश गर्न आदेश दिन सक्ने
मुद्दासंग सरोकार राख्ने कुनै लिखत प्रमाण वादी, प्रतिवादी वा अन्य कुनै व्यक्ति वा संस्थासंग छ भन्ने कुरा अदालतलाई लागेमा उक्त व्यक्ति वा संस्थालाई उक्त लिखत प्रमाण अदालत समक्ष पेश गर्ने आदेश दिन सक्नेछ र उक्त आदेशका पालना गर्नु सम्बन्धित व्यक्ति वा संस्थाको कर्तव्य हुनेछ ।